अपराध
सोलुखुम्बुमा छोरालाई एसिड प्रहार गर्ने बाबु पक्राउ
०
सोलुखुम्बु, मंसिर ७-
सोलुखुम्बुमा छोरालाई एसिड प्रहार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।
२५ वर्षीय छोरासहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सोलु दुधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईली पक्राउ परेका छन् ।
घाइते दुवै जनालाई जिल्ला अस्पताल फाप्लु हुँदै थप उपचारको लागि काठमाडौंको बीर अस्पतालमा पठाइएको छ । त्यस्तै पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























