देश/प्रदेश

सिन्धुपाल्चोकमा आगलागी, तीन बालकको मृत्यु

Banner

सिन्धुपाल्चोक, मंसिर ७-

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीमा हुँदा तीन जना बालकको मृत्यु भएको छ ।

गाउँपालिका-७ सुर्सिङ गाउँको झाक्रिटोलमा स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो ।

ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

हरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ र सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ रहेका छन् ।

बालबालिका घरमा एक्लै भएको बेलामा आगलागी भएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>