देश/प्रदेश

मृतावस्थामा फेला परे ६ दिनदेखि बेपत्ता एक युवा

Banner

खोटाङ, मंसिर ५-

६ दिनदेखि बेपत्ता रहेका एक युवा मृत फेला परेका छन् ।

कात्तिक २९ गतदेखि बेपत्ता रहेका खोटाङका दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासे भुल्केका ३३ वर्षीय अस्विन राई शनिबार सोही गाउँपालिकाको आँपटार घुम्ने भन्ने ठाउँमा मृत फेला परेका हुन् ।

उनको शव आँपडाँडाभन्दा दुई घण्टा टाढा पर्ने घुम्नेमा अफ्ठ्यारो भीरमा फेला परेको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका वडाध्यक्ष राजदेश राईले बताए ।

उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । उनको खोजीका लागि आफन्तले जिल्ला प्रहरी कार्यालयमार २ मंसिरमा जाहेरी दिएका थिए ।

मादक पदार्थ सेवन गरेर नशा लागेको बेला २८ कात्तिकमा बारीको कान्लाबाट लड्दा अनुहार र टाउकोको भित्री भागमा गम्भीर असर पुग्दा उनले मानसिक सन्तुलन गुमेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>