देश/प्रदेश
काठमाडौंमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
०
काठमाडौं, मंसिर ४-
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बिहीबार राति साढे एक बजे सूर्यविनायक नगरपालिका-६ स्थित अरनिको राजमार्गमा जगातीबाट सूर्यविनायक जाँदै गरेको बाग्मती प्रदेश ०२-०३० प ०१६८ नं को मोटरसाइकलले प्रदेश नं. ३-०१-००३ क. ७८५१ नं. को टिपरलाई ओभरटेक गर्ने क्रममा सडक डिभाडरमा ठोक्किएर दुर्घटना भएको हो
दुर्घटनामा परी गम्भीर घाइते भएका काभ्रेको रोशी गाउँपालिका- ३ घर भई कलंकी बस्ने २२ वर्षीय मिलन तामाङको मृत्यु भएको हो।
त्यस्तै प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























