देश/प्रदेश

मोटरसाइकल दुर्घटनामा घाइते भएका मल्लिकारको उपचारका क्रममा मृत्यु

Banner

काठमाडौँ, मङ्सिर ३-

आज बिहान काठमाडौं माइतीघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिंहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका काभ्रेपलाञ्चोकका २१ वर्षीय रोमन मल्लिकारको उपचारका क्रममा अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>