देश/प्रदेश
शैक्षिक भ्रमणको विषयमा झडप, दुई विद्यार्थी घाइते
०

सर्लाही मंसिर २-
हिजो शैक्षिक भ्रमणको विषयलाई लिएर सर्लाहीको हरिपूर्वा नगरपालिका–५ मा रहेको केश्वर गरिब जनता माविका विद्यार्थीबीच झडप हुँदा दुई विद्यार्थी घाइते भएका छन्।
झडपमा परेर कक्षा १० मा पढ्ने १८ वर्षका सुनिल कुमार राय र १८ वर्षकै अर्जुन माझी घाईते भएका र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
विद्यार्थीहरुले शैक्षिक भ्रमणमा जाने र नजाने भन्दै विवाद गरेका थिए। एक पक्ष जाने र अर्को पक्ष नजाने भन्दा विवाद भएको हो ।
विद्यालयका प्रधानाध्यापक गंगाराम रायका अनुसार विद्यालयबाट हरेक वर्ष जाने गरेको शैक्षिक भ्रमणको विषयलाई लिएर कक्षा १० मा अध्ययन गर्ने दुई विद्यार्थी समूहबीच भएको विवादको क्रममा झडप भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























