देश/प्रदेश
देउखुरीमा डोजर पल्टिँदा चालकको मृत्यु
०
देउखुरी, मङ्सिर २-
बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ ।
सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको उहाँले जानकारी दिनुभयो । बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























