क्रिकेट

पहिलो टि–१० आईः नेपालद्धारा कतार ११९ रनले पराजित

०
Banner

काठमाडौँ, कात्तिक ३०–

कतार भ्रमणमा रहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोलि कतारविरुद्धको पहिलो टि–२० अन्तर्राष्ट्रिय खेलमा ११९ रनले विजयी भएको छ ।

१४७ रनको लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमै अलआउट भयो । कतारका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । खादिजा इम्तियाज र एन्जेलिन मारेले समान ८/८ रन बनाए भने केरी पाउनसेटले ७ र रिज्फा बानो इमानुएलले ३ रन बनाइन् । कतारका ६ खेलाडी शून्यमै आउट भए ।

नेपालका लागि कप्तान रुबिना क्षेत्रीले १.५ ओभरमा मात्र १ रन खर्चिएर ३ विकेट लिइन् । कविता कुवँर र सीता राना मगरले समान २/२ विकेट लिए । कविताले ३ ओभरमा ६ रन मात्रै खर्चिइन् भने सीताले २ ओभरमा एक मेडन राख्दै मात्र ३ रन खर्चिइन् । करुणा भण्डारीले २ ओभरमा एक मेडन राख्दै २ रन खर्चिएर एक विकेट लिइन् ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले इन्दु बर्माको अर्धशतकीय पारीमा निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । नेपालका लागि इन्दुले ४७ बलमा ५५ रन बनाइन् । उनी रिटायर्डहर्ट भएर बाहिरिएकी थिइन् । ओपनर सीता राना मगरले ३३ बलमा ३९ रनब बनाइन् । सरिता मगरले ८ रन बनाइन् भने ओपनर काजल श्रेष्ठ ३ रनमै आउट भइन् । कप्तान रुविना क्षेत्री खाता नखोल्दै रनआउट भइन् । कतारका लागि एन्जेलिन मारे र सबिजा पाणयनले समान एक/एक विकेट लिए ।

खेलमा अर्धशतक बनाएकी इन्दु प्लेयर अफ दि म्याच घोषित भइन् । उनी नेपालबाट टि–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धशतक पुरा गर्ने पहिलो खेलाडी समेत बन्दै इतिहास रचेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>