गण्डकी

हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा

Banner

तनहुँ, कात्तिक २८-

व्यास नगरपालिकाले यही कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको कात्तिक २३ गते बसेको कार्यपालिकाको बैठकले उक्त दिन बिदा दिने निर्णय गरेको हो ।

व्यासनगरपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था अत्यावश्यक सेवाबाहेक बिदा दिइएको व्यासनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । त्यसैगरी व्यासनगरपालिका भित्रका सामुदायिक तथा निजी शैक्षिक संस्था एवं अन्य सङ्घसंस्थाहरूमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>