अपराध

एयर गनसहित थापाथलीबाट एक युवक पक्राउ

Banner

काठमाडौँ, कात्तिक २८-

काठमाडौंको थापाथलीबाट प्रहरीले एयर गनसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-११ थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथ पक्राउ परेका हुन ।

महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले नाथले कोठामा अवैध हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा तलासी गर्दा उक्त हतियार फेला पारी शनिबार साँझ उनलाई पक्राउ गरेको हो ।

त्यस्तै पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>