देश/प्रदेश

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

Banner

वीरगञ्ज, कात्तिक २८ –

बारामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

कोल्हबी नगरपालिका-१ चौकमा कोल्हबीबाट श्रीपुरतर्फ जाँदै गरेको ना.४२प ८०२३ न.को मोटरसाइकल अनियन्त्रित भई बटौलिया स्वास्थ्य चौकी भवनमा ठोक्किएको थियो ।

उक्त दुर्घटनामा परी कोल्हबी न.पा.१ कोल्हबी टोल बस्ने २० वर्षीय सागर चौधरी र १९ वर्षीय सुशील चौधरीको टाउकोमा गम्भीर चोट लागेकोले उपचारको क्रममा मृत्यु भएको भएको हो ।

त्यस्तै गम्भीर घाइते भएका अशोक चौधरीको वीरगञ्जमा रहेको नारायणी अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायभ उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>