देश/प्रदेश
मस्तिष्काघातका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव अर्यालको निधन
०

काठमाडौँ, कात्तिक २७-
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव ढुण्डीराज अर्यालको ५१ वर्षका उमेरमा मस्तिष्काघातका कारण आज निधन भएको छ ।
उहाँलाई मस्तिष्काघात भएपछि उपचारका लागि शुक्रबार बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले बिहान मृत घोषणा गरेका थिए ।
मन्त्रालयका निमित्त सचिव डा हरि लम्सालले अचानक एक कर्मठ सहकर्मी गुमाउनुपर्दा दुःख लागेको जनाउँदै अर्यालप्रति श्रद्धाञ्जलि र शोककुल परिवारमा समवेदना व्यक्त गर्नुभयो । अर्यालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । अर्यालका श्रीमती हुनुहुन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























