वागमती

धादिङमा मल्टिमिडिया तथा मोबाइल पत्रकारिता सम्बन्धी तालिम सुरु

Banner

चितवन, कार्तिक २६ –

बागमती प्रदेशका पत्रकारका लागि मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ ।

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले धादिङको गल्छी गाउँपालिका, बैरनीमा आज शुक्रबारदेखि ५ दिने तालिम सुरु गरेको हो ।

तालिमको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले उदघाटन गरेका छन् ।

तालिमको उदघाटनसत्रमा बोल्दै मन्त्री खनालले नयाँ प्रविधि अनुसारको तालिम पत्रकारका लागि उपलब्ध गराएर सञ्चार रजिष्ट्रारको कार्यालयले धेरै राम्रो काम गरेको बताए । उनले तालिममा सिकेका कुराहरू व्यवहारमा उतार्ने गरी सिक्न आग्रह गरे ।

सञ्चार रजिष्ट्रार रेबति सापकोटाले अहिले अनलाइनमा राखिएका समाचार विश्वव्यापी हुने भएकाले हरेक पत्रकारले आफ्नो क्षमतालाई वृद्धि गर्नुपर्ने बताए । उनले पत्रकारिता पेसा सधैं जोखिममा गरिने पेसा भएकाले सिमित श्रोत साधनमा पनि कसरी काम गर्न सकिन्छ भन्ने कुरा सिकाइने बताए । उनले मोबाइलमात्र भएको कुनै अवस्थामा कसरी प्रमाणित र तथ्यगत समाचार लेख्न सकिन्छ भन्ने कुरा सिकाइने बताए । उनले प्रविधिको विकाससंगै पत्रकारितालाई पनि त्यसैअनुसार विकास गर्दै लैजानु पर्ने भएकाले मल्टिमिडिया तथा अनलाइन पत्रकारिता सम्बन्धी ज्ञान सिकाइने जानकारी दिए । समाचारमा राखिने तस्बिरका बारेमा पनि धेरै कुरा सिकाइने बताए ।

५ दिनसम्म प्रयोगात्मकसँगै सैदान्तिक ज्ञान पनि सिकाइने बताए । खोज पत्रकारिता सम्बन्धी फेलोसिप पनि गराइने उनले जानकरी दिए ।

उदघाटन सत्रको समाप्तिपछि तालिम सुरु भएको छ ।
बैरेनीको त्रिशुली बिच रिसोर्टमा सञ्चालित तालिम कार्तिक ३० गतेसम्म सञ्चालन हुने छ ।

तालिममा विकास कार्की र विजय गजमेयरको मुख्य प्रशिक्षण रहने छ ।

तालिममा चितवनका ४ पत्रकारसहित विभिन्न जिल्लाका २० पत्रकारहरुको सहभागिता रहेको छ । चितवनबाट सहभागी हुने पत्रकारहरुमा हिरालाल आचार्य (डायमण्ड), आनन्द पोखरेल, डोलराज रानाभाट र विकास पौडेल रहेका छन् ।

तालिममा चितवनसहित नुवाकोट, मकवानपुर, रसुवा, सिन्धुपाल्चोक, धादिङ र काठमाडौंका पत्रकारहरुको सहभागिता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>