अपराध
मलद्वारमा सुन लुकाउने एक भारतीय नागरिक विमानस्थलबाट पक्राउ
०

काठमाडौँ, कात्तिक २४-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा लुकाएर ल्याइएको आधा किलोभन्दा बढी सुन सहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार भारतको उत्तर प्रदेशका ४२ वर्षीय मोहम्मद जुवेद पक्राउ परेका हुन् ।
कार्यालय प्रमुख बाँस्तोलाका अनुसार शंकास्पद लागेर चेकजाँच गर्ने क्रममा सुन भेटिएको हो । पक्राउ परेका माथि थप सुन भएको आशंकामा अनुसन्धान भइरहेको बाँस्तोलाले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























