अपराध
श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ
०
धनुसा, कात्तिक २४-
धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी छन् ।
साफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप छ । लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ । यही कात्तिक ८ गते राति अजमेरी घरमा मृत फेला परेकी थिइन् । आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले लालबाबुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । घटनामा संलग्न भएको आरोपमा लालबाबुका परिवारका अन्य सदस्यमाथि पनि अनुसन्धान जारी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























