अपराध

हत्याको विरोधमा स्थानीयले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Banner

धनगढी ,कात्तिक २४-

युवकको हत्याको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै स्थानीयले लम्कीचुहा नगरपालिकामा राजमार्ग अवरुद्ध पारेका हुन् ।

मंगलबार राति टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीका २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले बुधबार बिहानैदेखि पीडित पक्षले राजमार्ग अवरुद्ध पारेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको जनाएको छ । त्यस्तै राजमार्ग अवरुद्ध हुदा विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सवारीसाधन लम्कीमै रोकिदा सयौं यात्रु अलपत्रमा परेका छन् ।

त्यस्तै उक्त हत्या गरेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>