सुदूरपश्चिम

कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या

Banner

टीकापुर,कार्तिक २४-

एक समूहले चक्कु प्रहार गरी कैलालीमा एक युवकको हत्या गरेको छ। लम्की चुहा नगरपालिका वडा नं.१ का २२ वर्षीय भूपेन्द्र बडुवालको मंगलबार राति चक्कु प्रहारबाट ज्यान गएको हो।

टीकापुरस्थित कृषि हाट बजार नजिकै बडुवाललाई तीन/चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। इलाका प्रहरी कार्यालय टीकापुरले चक्कु प्रहारबाट बडुवालको ज्यान गएको जनाएको छ।

प्रहरीले घटनामा संलग्नता रहेको आशंकामा पाँच जनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान र अपराधीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>