अपराध
हुण्डीको रकमसहित वीरगन्जबाट एक व्यक्ति पक्राउ
०
वीरगन्ज, कात्तिक २३-
अवैध वित्तीय कारोबार (हुण्डी) गर्ने एक युवकलाई प्रहरीले वीरगन्जबाट स्रोत नखुलेको ठूलो रकमसहित पक्राउ गरेको छ।
बाराको विश्रामपुर गाँउपालिका ५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार पक्राउ परेका हुन्।
वीरगन्जको घण्टाघरबाट आदर्शनगर जाँदै गरेको ना ४८ प ७६९१ नम्बरको मोटरसाइकलमा सवार साहको साथबाट नगद २० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले साहको साथबाट बरामद रकमको स्रोत नखुलेको उक्त रकम हुण्डी कारोबारको भएको बताए ।
हुण्डीको रकमसहित पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जानकारी खनालले दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























