गण्डकी

पोखरामा सवारीको ठक्करबाट १४ वर्षीय बालकको ज्यान गयो,जेब्राक्रसमै ठक्कर दिने सवारीको पहिचान भएन

Banner

पोखरा,कार्तिक २३-

पोखरा क्षेत्रको सबैभन्दा फराकिलो सडक जिरोकिमी–विन्दवासिनी खण्डमा सवारी दुर्घटनामा परी बालकको ज्यान गएको छ । पर्स्याङस्थित गणतन्त्रचोकको जेव्राक्रसमा सवारीले ठक्कर दिँदा १४ बर्षिय शुभम खनालको मृत्यु भएको हो । तनहुँको दमौली घर भएका शुभम पोखराको शान्ति निकेतन स्कुलमा ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन् ।

कास्की प्रहरीका अनुसार ठक्कर दिने सवारीको पहिचान भएको छैन । स्थानियका अनुसार मोटरसाइकल भनिएपनि सीसीटिभी फुटेजमा समेत नदेखिँदा कसले ठक्कर दिएको भन्ने नै भेउ पाउन नसकिएको डिएसपी सुवास हमालले बताए ।

विश्वास आयल पेट्रोल पम्पदेखि दक्षिणतर्फको जेव्राक्रसमा आईतवार साँझ पाँच बजेतिर बाटो काट्नेक्रममा शुभमलाई सवारी साधनले ठक्कर दिई फरार भएको थियो । राजमार्गको पूर्वतर्फको घरमा बस्दै आएका शुभम पश्चिमतर्फको स्टेशनरीमा सामान किनेर घरतर्फ फर्कदै गर्दा सवारीसाधनले ठक्कर दिएर भागेको स्थानीयवासीले बताए ।

ठक्करबाट गम्भिर घाईते बनेका शुभमलाई स्थानीयले सडकमा लडेको अवस्थामा देखेपछि तत्काल उद्धार गरी अस्पतालमा लगेका थिए । टाउकोमा गम्भिर चोट लागेका शुभमलाई तत्काल सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा लगेपनि त्यहाँवाट चरक लगिएको थियो । त्यहाँबाट पनि अर्को अस्पतालमा रिफर गरिएकोमा उनको निधन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>