देश/प्रदेश

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Banner

तुलसीपुर, १६ कात्तिक –
दाङको राप्ती नदीस्थित पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिसहनिया–महादेवा जोड्ने पुलमा गए राति रा१प ६३४५ नंको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका–२ घुस्राका २२ वर्षीय समिर चौघरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा गम्भीर घाइते चौधरीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको हो । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>