देश/प्रदेश
भारत हुँदै जमुनाह नकाबाट आउने अफगानी नागरिकलाई नेपाल प्रवेसमा कडाई

बाँके, कात्तिक १५-
नेपालगञ्जस्थित जमुनाह नाकामा भारत हुँदै अफगानी नागरिक नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गरी उच्च सतर्कता अपनाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य खत्रीले अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन नदिन नेपालगञ्ज नाकामा सुरक्षाकर्मीलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको बातए ।
त्यस्तै मुख्य नाकासँगै सहायक नाकामा पनि कडाइ गरिएको उनले बाताए । उनका अनुसार भारतीय आधार कार्ड देखाएर अफगानी नेपाल प्रवेश गर्न सक्ने खतरा रहेकाले आधार कार्डलाई मात्र प्रमाण मानेर नेपाल प्रवेश गर्न नदिन समेत निर्देशन दिइएका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेको निर्देशनपछि नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कताका साथ निगरानी गरिएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।
भारतबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीमा समेत निगरानी बढाइएको बताउँदै विष्टले टाढाबाट आएकालाई विशेष ख्याल गर्दै नजिकैबाट आएकालाई पनि सोधपुछ गरी कागजातका आधारमा नेपाल प्रवेश गर्न दिइएको जानकारी दिए ।
प्रजिअ खत्रीका अनुसार नेपाल प्रवेशका लागि नेपालगञ्जस्थित जमुनाहलाई सहज नाकाका रुपमा लिइने भएकाले यो नाकाबाट कुनै पनि हालतमा अफगानीलाई छिर्न नदिनतर्फ उच्च सतर्कता अपनाइएको बातए ।
नेपाल-भारत सीमा नाका खुला भएकाले ग्रामीण ठाउँमा पनि निगरानी गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको उनले बताए ।



























