देश/प्रदेश

डेल्धुरामा दुुर्घटना : १० जना घाइते

Banner

धनगढी,कात्तिक १४-
दार्चुलाबाट महेन्द्रनगर जादै गरेको बस डेल्धुरामा दुुर्घटना हुुँदा १० जना घाइते भएका छन् ।

आलितालगाउँपालिका-१ मा ना८ख ६१३२ नम्बरको बस डडेल्धुराको दुुर्घटना हुुँदा १० जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको हो ।

सडकबाट करिब १५० मिटर तल खसेको बसको दुुर्घटनाको कारण भने खुुलेको छैन । त्यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले घाइतेहरूलाई उपचारका लागि धनगढी ल्याइएको जानकारी दिए । उनकाअनुसार बसमा ३२ जना सवार थिए ।
त्यस्तै दुुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>