अपराध
वीरगञ्जबाट चाँदीका गरगहनासहित एक जना पक्राउ
०

वीरगञ्ज, कात्तिक १३-
भारतको रक्सौलबाट अवैधरुपमा वीरगञ्जतर्फ ल्याउँदै गरिएको चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना एक किलो ४५ ग्रामसहित भारतीय बीआर २२ एसी ४०९९ नंको पल्सर मोटरसाइकलमा सवार वीरगञ्ज महानगरपालिका– १ का ३९ वर्षीय रामबाबु साह सोनारलाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१७ अलौ सिर्सियाबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























