अन्तर्राष्ट्रिय

अफगानिस्तानमा बाँकी रहेका ३२ नेपालीको आज उद्दार गरियो

Banner

काठमाडौँ, कात्तिक १३
अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपालीलाई पनि उद्दार गरी सरकारले स्वदेश फिर्ता ल्याएको छ । परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेका अनुसार आज बिहान अफगानिस्तानमा रहेका नेपालीहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याइएको हो ।

त्यस्तै अब उद्दारका लागि अफगानिस्तानमा कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दावी छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव घिमिरेले उद्दारको पर्खाईमा अफगानिस्तानमा रहेका नेपाली नागरिकहरु अब नरहेको बताए ।

उनले भने, ‘आज नेपाल एयरलाईन्स दुवई दुवई फ्लाईटबाट २९ जना नेपालीहरु आएको र यस अघि आजै बिहान अन्य ३ जना गरी ३२ जना नेपालीहरुको उद्धार गरी स्वदेश फिर्ता गरिएको छ, अब त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टमा रहनु भएको छ, ।’

परराष्ट्र मन्त्रालयका अनुसार तालिवानी लडाकूले अफगानिस्तानमा कब्जा गरेपछि त्यहाँ उद्दारको पर्खाईमा रहेका ९ सय ६ जना नेपाली नागरिकको यस अघि नै उद्दार गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>