देश/प्रदेश

झण्डै दुई लाख नगद र १६ थान कौडा सहित आठ जना पक्राउ

Banner

दाङ, कात्तिक १३-
दाङबाट शुुक्रबार प्रहरीले आठ जुवाडे पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तुल्सीपुर–११ का रोहित न्यौपाने, सोही स्थानका चित्रबहादुर बस्नेत, मिनकेतन गिरी, सुरेन्द्र लामा, वडा नम्वर १२ का मानबहादुर रावत, दिपेन्द्र गिरी, विवेक मल्ल र दिगाम्बर गिरी रहेका छन् । उनीहरुसहित जुवाखालबाट १ लाख ९८ हजार दुई सय रुपैयाँ नगद, १६ थान कौडा , भुईँमा बिछाइएको म्याट्रेक्स र दरी समेत बरामद गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

शुक्रवार दिउँसो प्रहरी निरीक्षक रञ्जनबहादुर स्वाँरको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुल्सीपुर–६ रजौरा टोलको एक खाली घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट झण्डै दुई लाख नगद समेत बरामद गरिएको थिए ।

त्यस्तै शुक्रबार पक्राउ परेका उनीहरुलाई शनिवार प्रहरीले सार्वजनिक गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>