अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिपको १३ औं संस्करण अमेरिकामा हुँदै

Banner

काठमाडौं, कात्तिक १३-

अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १३ औं संस्करण हुने भएको छ ।

मे १३ देखी सुरु हुने च्याम्पियनसिप अमेरिकाको मिचिगनमा हुुने भएको हो । आईओएफटीसीको प्रायोजनमा मिचिगनको एभरेष्ट तेक्वान्दो संघको आयोजनामा प्रतियोगिता हुन लागेको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

१३ औं संस्करण भने अझ व्यवस्थित र प्रभावकारी रुपमा सम्पन्न गरिने आयोजकहरुले बताएका छन् । प्रतियोगितामा विभिन्न देशका करिब २० राष्ट्रका खेलाडीहरुले सहभागिता जनाउन पाइनेछ ।

प्रतियोगितामा नेपाल, अमेरिका, अस्ट्रेलिया, अष्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, मेक्सिको, बेलायत लगायतका देशहरुले सहभागिता जनाउन पाईनेछ । जसमा ६ सयभन्दा बढी खेलाडीहरु, ४०-४५ अन्तर्राष्ट्रिय निर्णायकहरुसहित अफिसियलहरुको सहभागिता रहने प्रतियोगिताको संयोजक लव प्रसाद गोर्खालीले जानकारी दिए ।

प्रतियोगितामा सिनियर महिला-पुरुषको ८-८ तौल समूहमा प्रतिस्पर्धा हुने छ । त्यसैगरी जुनियर पुरुष महिलाको १०-१० तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा स्पायरिङ, पुम्से र बोर्ड ब्रेकिङ गरी ६५ वटा स्वर्ण पदक, ६५ वटा रजक पदक र १३० वटा काश्य पदकको लागि प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिता संचालन गर्न १ करोड २० लाख रुपैया खर्च लाग्ने अनुमानित बजेट तयार गरिएको संयोजक गोर्खालीले बताए ।

सो प्रतियोगितामा नेपाली खेलाडीहरुको हकमा सिनियर राष्ट्रिय प्रतियोगिता आयोजना गरि ३ पुरुष र २ महिला खेलाडी गरी ५ जनालाई छनौट गरी समावेश गराइनेछ ।

उक्त प्रतियोगिता यस अघि अमेरिकामा ५ पटक, नेपालमा ४ पटक आयोजना भैसकेको छ । त्यो संगै भारत, बेलायत र हङकङमा १-१ पटक प्रतियोगिता सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>