अपराध

चितुवाको छाला र हड्डीसहित तिन व्यक्ति प्रकाउ

Banner

बाँके, कात्तिक १३-
चितुवाको छाला र हड्डीसहित प्रहरीले बाँकेबाट तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँके राप्ती सोनारी गाउँपालिका-९ का ३५ वर्षीय हिरासिंह विक, सुर्खेत पञ्चपुरी नगरपालिका-७ का २८ वर्षीय वसन्त बिसी र २४ वर्षीय रमेश वयकरहेका छन्।
कोहलपुर-११ स्थित सागर गेष्ट हाउसको कोठाबाट उनीहरूलाई शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार उनीहरूको साथबाट एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद भएको छ।
त्यस्तै पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि वन कार्यालय पठाउने तयारी भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>