देश/प्रदेश

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Banner

काठमाडौँ,कार्तिक ११-

काठमाडौँको सिनामङ्गलमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–९ सिनामङ्गल सडकमा बा४ख ८७२५ नम्बरको टिपरले बा२–०३०प ९४० नंको मोटरसाइकललाई ठक्कर दिँदा पर्साका २५ वर्षीय सुनिलप्रसाद महतोको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते महतोको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार रामेछाप घर भई भक्तपुर बस्ने ३० वर्षीय अम्बरबहादुर पहरीको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>