देश/प्रदेश

विद्यार्थी निकेतन माविको पानी ट्यांकी खन्ने क्रममा भेटियो पुरातात्विक भवनका अवशेष

Banner

काठमाडौँ, कात्तिक ११-
पानी ट्यांकी खन्ने क्रममा भक्तपुरको विद्यार्थी निकेतन माविको प्राङ्गणमा विभिन्न पुरातात्विक अवशेषहरु भेटिएको छ ।

पानी ट्यांकी खन्ने क्रममा साढे ६ फिट मुनि टेपु ल्होँ, टेलीय इँटा (चिकं अप्पा), फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थी निकेतन माविका प्रध्यानाध्यापक सर्जनी जोशीसँग भेट गरेर नगरपालिकाले पुरातात्विक अवशेषहरुको विस्तृत अध्ययन गर्ने बताए । त्यस्तै प्रमुख प्रजापतिले हाललाई उक्त निर्माण कार्य अगाडि नबढाउन पनि आग्रह गरेका छन् ।

उक्त क्षेत्रको आज प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले स्थलगत निरीक्षण गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>