देश/प्रदेश

छुट्टाछुट्टै दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते

Banner

दमक, कात्तिक ११-
झापामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी एक जनाको मृत्यु छ भने दुई जना घाइते भएका छन् ।

झापाको गौरादह- १ स्थित भित्रीपक्की सडकमा सवारी साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१त ७६८७ नं को ट्र्याक्टरबाट लडेर कन्काई नगरपालिका-६ का ४० वर्षीय गङ्गाबहादुर तामाङको मुत्यु भएको हो ।

त्यस्तै ट्र्याक्टर चालक डम्बरबहादुर कार्कीलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा घाइते भएका तामाङको गय राति ९ बजे उपचारको क्रममा दमकस्थित लाइफलाइन अस्पतालमा मृत्यु भएको गौरादहस्थित ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे७प ७०१० नंकोमोटरसाइकल अनियन्त्रित भई दमकमा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । सो मोटरसाइकलका चालक शिवसताक्षी-७ का ६५ वर्षीय अम्बिका अधिकारी र पछाडि सवार ६३ वर्षीय कृष्णप्रसाद गौतम घाइते भएका र उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ । सिटी सफारीलाई जोगाउने क्रममा सो मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>