देश/प्रदेश

गैँडाको आक्रमणबाट गम्भीर घाइते

Banner

कञ्चनपुर,कार्तिक १०-

बेलौरी नगरपालिका–४ शान्तिनगरका अन्दाजी ५० वर्षीय बलराम राना गैँडाको आक्रमणबाट आज गम्भीर घाइते भएका छन् । च्याउ टिप्न नजिकैको सामुदायिक वन क्षेत्रमा गएका रानालाई गैँडाले आक्रमण गरेको हो ।

गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएका रानाको बेलौरीस्थित इसान मेमोरियल अस्पतालमा उपचार भइरहको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले गैँडाले रानालाई घाइते बनाएको खबर आएको बताउनुभयो । सत्यतथ्य बुझ्न निमित्त कार्यालय प्रमुख दिनेशकुमार यादवसहितको टोली घटनास्थलतर्फ गएको उहाँले बताउनुभयो । रानामाथि गैँडाले गोरखपुर सामुदायिक वनको लामाताल क्षेत्रमा आक्रमण गरेको हो ।

रानाको ढाडमा गहिरो घाउ भएको छ । सामुदायिक वन क्षेत्रमा केही दिनअघिदेखि गैँडा देखापर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ । यहाँ गैँडाले मानवलाई आक्रमण गरेको घटना भने पहिलो भएको बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>