देश/प्रदेश
श्रीमती र छोरीको हत्याको आरोपमा श्रीमान प्रकाउ
०
इलाम, कात्तिक ९ –
इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् ।
एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको हत्या गरेपछि छोरीको पनि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । तामाङले आफ्नो घरमा पालेको कुकरको समेत हत्या गरेका थिए । धामी बस्ने क्रममा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
प्रहरीले अभियुक्तसहित उनका बुबाआमा र दुई दिदीबहिनीलाई पनि नियन्त्रणमा लिएको छ । घटना आज बिहानै भएको र उज्यालो भएपछि स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























