देश/प्रदेश

पोखराबाट मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ

Banner

कास्की, कात्तिक ९(
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा कोल्बी नगरपालिका-१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्ट र पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ रहेका छन् ।

पोखरा महानगरपालिका(६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डबाट पीडित महिलाको उद्धार गरेर मनोपरामर्श पश्चात आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई बाध्य पारी यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
पक्राउ गरेका उनीहरुमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>