देश/प्रदेश

वडा अध्यक्षको मोटरसाइकलबाट लागूऔषध बरामद

Banner

जनकपुरधाम, कात्तिक ९-
सिरहामा एक जना वडा अध्यक्षको मोटरसाइकलबाट लागूऔषध बरामद भएको छ ।

सोमबार राति सिरहा नगरपालिका वडा नम्बर १८ का अध्यक्ष रामसोगारथ यादवको स.१ब ९३८ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

वडा अध्यक्ष नजिकैको होटलमा खाजा खान जाँदा रोकेर राखिएको मोटरसाइकलबाट लागूऔषध बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार त्यो मोटरसाइकलबाट नाइट्रोभेट ट्याब्लेट १५ थान बरामद भएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>