देश/प्रदेश
कोरोनाका कारण ६ महिनादेखि बन्द ड्राइभिङ लाइसेन्सको आवेदन खुल्यो
०

काठमाडौँ, कात्तिक ९-
६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ ।
यातायात व्यवस्था विभागलेगत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलाएको हो ।
कोरोनाको कारण लामो समय आवेदन नखुल्दा नयाँ चालकहरु समस्यामा परेका थिए । उक्त समस्यालाई मध्यनजर गर्दै सोमबमार राति देखि आवेदन प्रणाली खुला गरिएको प्रवक्ता डा। लोकनाथ भुसालले बताए ।
प्रवक्ता भुसालका अनुसार कार्यालयले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् । ‘विगतमा जसरी ‘भिजिटिङ मिति’ तोकेर असीमित आवेदन लिदैँनौं,’ उनले भने,’दैनिक रुपमा कोटाअनुसार भोपल्टको भिजिट मिति दिन्छौं, पहिले आवेदन दिएका धेरै जना अहिले पनि परीक्षा कुरिरहनुभएकाले उहाँहरुलाई प्राथमिकता दिने योजना छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























