खैरहनी

नेकपा एमाले खैरहनी नगरपालिका वडा ७ र ८ को अध्यक्षमा धनेश्वर र शान्तिकुमारी

Banner

चितवन, कात्तिक ६-

नेकपा एमाले चितवनको खैरहनी नगरपालिका वडा नम्बर ७ र ८ को वडा अध्यक्षमा धनेश्वर चौधरी र शान्तिकुमारी चौधरी चयन भएका छन् ।

आज सम्पन्न एमाले वडा अधिवेशनले उनीहरुलाई अध्यक्षमा चयन गरेको हो ।

खैरहनी ७ को उपाध्यक्षमा लक्ष्मण चौधरी, उपसचिवमा कमला गजुरेल सुवेदी र सीता चौधरी गुरौ सहित ३१ सदस्यीय वडा कमिटी गठन भएको छ ।

खैरहनी नगरपालिका वडा ८ को उपाध्यक्ष्मा रामेश्वर रिजाल, सचिव सुरज थपलिया, उपसचिवमा निरु थापा र भिखुराम चौधरी सहित ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>