खैरहनी

एमाले खैरहनी ४ को अध्यक्षमा जगतबहादुर रानामगर

Banner

चितवन, कार्तिक ६

नेकपा एमाले खैरहनी ४ को अध्यक्षमा जगतबहादुर रानामगर चयन भएका छन् ।

आज सम्पन्न वडा अधिवेशनले अध्यक्षमा रानामगरलाई चयन गरेको हो ।

अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा कपबहादुर राना, सचिवमा सुरेन्द्र बस्नेत, उपसचिवमा कृष्णबहादुर बस्नेत र प्रमिता खतिवडासहित ३१ सदस्यीय कमिटी गठन गरेको छ ।

सचिवमा चयन भएका बस्नेत हालै मात्र नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन् । उनी माओवादी वडा कमिटी सचिव तथा जिल्ला सदस्य थिए ।

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भैरहेका छन् । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>