चितवन विशेष

नेकपा एमाले राप्ती २ को अध्यक्षमा दुर्गा बहादुर सारु सर्बसम्मत

Banner

चितवन,कार्तिक ६-

नेकपा (एमाले) राप्ती नगरपालिका वडा नं. २ को अध्यक्षमा दुर्गा बहादुर सारु सर्बसम्मत चयन भएका छन । आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट सारु सर्वसम्मत चयन भएका हुन्। वडा कमिटी उपाध्यक्षमा बुद्धिलाल श्रेष्ठ (संजय), सचिवमा दिपेन्द्र थपलिया , उपसचिवमा निरमाया सिलवाल र शिला ल्वागुन चयन भएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम राप्ती नगरपालिका वडा न २ का अध्यक्ष श्यामसुन्दर उप्रेती को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ३१ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नेकपा एमालेको आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भैरहेका छन्। वडा अधिवेशनलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुम एप्समार्फत सम्वोधन गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>