चितवन विशेष

नेकपा एमाले राप्ती ६ को अध्यक्षमा पुरेन्द्र चौधरी

Banner

चितवन, कार्तिक ६-

नेकपा (एमाले) राप्ती नगरपालिका वडा नं. ६ को अध्यक्षमा पुरेन्द्र चौधरी चयन भएका छन । आज सम्पन्न वडा कमिटीको अधिवेशनबाट चौधरी सर्वसम्मत चयन भएका हुन्। वडा कमिटी उपाध्यक्षमा कोपिला थापा, सचिव शिवनारायण चौधरी, उपसचिव सुजन थापा, महेन्द्र मल्ल ठकुरी र सदस्यहरुमा सिमान्त थपलिया, दिपक राई, राजेन्द्र अधिकारी चयन भएका छन्।

नेकपा एमालेको आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भैरहेका छन्। वडा अधिवेशनलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुम एप्समार्फत सम्वोधन गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>