इच्छकामना

नेकपा एमाले इच्छाकामना-४ को अध्यक्षमा रुद्रप्रसाद उप्रेती

Banner

चितवन,कार्तिक ६-

नेकपा एमाले इच्छाकामना गाँउपालिका ४ को अध्यक्षमा पुनः रुद्रप्रसाद उप्रेती चयन हुनुभएको छ । शुक्रबार सम्पन्न वडाको प्रथम अधिवेशनले उप्रेतीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा बुद्धिबल रानामगर,सचिवमा डोलनाथ त्रिपाठी,उपसचिवमा प्रकाश सिलवाल र श्रीकृष्ण नेपाल चयन हुनुभएको छ ।नेकपा एमाले केन्द्रिय सदस्य देवी ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले उप्रेतीको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

अधिवेशनमा प्रदेश कमिटी सदस्य नारायण अधिकारी, प्रकाश अधिकारी, शान्ति अधिकारी, गाउँपालिका इन्चार्ज दान बहादुर गुरुङ, अध्यक्ष कृष्णप्रसाद सिलवाल, जुनाराज भण्डारी लगायत जनवर्गिय संगठनहरुका प्रतिनिधिहरुको आतिथ्य रहेका थिए । सो क्रममा विभिन्न पार्टी परित्याग गरि ७१ जना एमाले प्रवेश गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>