कृषि

बेमौसमी वर्षा र बाढीका कारण बोटमै उम्रन थाले भिजेका धान

Banner

टीकापुर, कात्तिक ५-
लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण भिजेको धान बोटमै उम्रन थालेको छ । किसानले भित्र्याउने समयमा एक्कासी आएको वर्षा तथा बाढीका कारण भिजेको धान बोटमै उम्रन थालेको हो । पानीले तीन/चार दिन भिजेको धानखेती सुक्न नपाउँदा खेतमै उम्रन थालेको किसान बताउँछन् ।

किसानले अहिलेसम्म मुठ्ठीभर पनि धान भित्र्याउन सकेका छैनन् । खेतको धान घरमा भित्र्याउन नपाउँदै भिजेर उम्रन थालेपछि खाद्यान्न सङ्कट हुने भन्दै चिन्ता लागेको टीकापुर वनगाउँकी अस्मिता चौधरीले बताउनुभयो । उहाँले घरमा यस वर्ष एक दाना पनि अन्न नभित्र्याउँदै बाढीले धान बगाएको र बाँकी रहेको धान पनि खेतमै उम्रन थालेको बताउनुभयो । “यस वर्ष अन्न सङ्कट मात्र होइन, हामी भोकमरीले मर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “खेती गरेर जीविका चलाउने हामी अब के खाएर बाँच्ने होला रु अनि घर खर्च कसरी चलाउने होला रु”

टीकापुरमा आठ हजार ७१३ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । टीकापुरमा बाढीले पाँच हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको नगरपालिकाको कृषि शाखाका प्रमुख केशव भट्टले बताउनुभयो । “किसानको वास्तविक लगत लिने कार्य भइरहेको छ, सोहीअनुसार नगरपालिकाले राहतको व्यवस्थापन र पहल गर्ने छ”, उहाँले भन्नुभयो, “घर भित्र्याउने बेला खेतमै धान नोक्सान भएपछि किसान निकै दुःखी भएका छन् ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>