Breaking News

चितवनको रत्ननगर अस्पताल मध्यरातमा तोडफोड, सुरक्षा गार्डमाथि कुटपिट

Banner

चितवन,कार्तिक ५-

चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको छ । अस्पतालका सुरक्षा गार्डलाई पनि कुटपिट भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. विश्ववन्धु बगालेले ५र६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको बताए । उनीहरुले ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेका बगालेले बताए ।

तोडफोड गर्ने तथा कुटपिट गर्ने समूहको पहिचान भएको छैन । उनीहरु फरार छन् । तोडफोड र कुटपिटमा संलग्नहरुको सिसिटिभी फुटेज छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकल नियन्त्रणमै छ । घटनाबारे इलाका प्रहरी कार्यालय टाँडीलाई जानकारी गराइएको मेसु डा. बगालेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>