नवलपुर

नवलपुरको उत्कृष्ट फुटबल क्लबलाई सेन्ट्रल कलेजले संचालन गर्ने,२८ बिगाहा युवा क्लवसंग सम्झौता

Banner

चितवन,कार्तिक ४-

सेन्टर कलेज अफ भोकेसनल ट्रनिङ प्रा.लि र नवलपुरको कावासोतीमा रहेको २८ बिगाहा युवा क्लवबिच सम्झौता भएको छ । उच्च शिक्षाको लागी जापान जाने विद्यार्थीहरुलाई भाषा र परामर्शको काम गर्दै आएको सेन्टर कलेजले मुख्य प्रायोजन सहित क्लबलाई संचालन गर्ने सम्झौता भएको हो ।

तीन बर्ष अघि चितवनको उत्कृष्ट भरतपुर फुटबल क्लव (बिएफसी) लाई टाइटल सहितको स्पोन्सर गरेको सेन्ट्रल कलेजले नवलपुरको पनि उत्कृष्ट क्लबसंग पनि टाइटल सहितको सम्झौता गरेको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलाश पौडेलले जानकारी दिनुभयो । उहाँले सेन्ट्रल कलेजले उच्च शिक्षामा बिदेश जानेका लागि मात्र काम गर्ने नभई सामाजिक क्षेत्रमा पनि निरन्तर काम गरिरहेको बताउनुभयो ।

‘हामीले चितवन र नवलपुरका उत्कृष्ट फुटबल क्लबहरुसंग सम्झौता गरेका छौं,उहाँले भन्नुभयो’,अन्य खेलकुद प्रतियोगिताहरुलाई पनि हाम्रो निरन्तर सहयोग रही आएको छ ।’ उहाँले चितवनका अधिकांस खेलकुद प्रतियोगितालाई प्रायोजन गर्दै आएको कलेजले नवलपुरमा पनि सहकार्य बढाउँदै लगेको बताउनुभयो ।

कावासोतीमा रहेको सेन्टर कलेजलाई टाईटल नाम लिने /दिने गरि सम्झौता गरीएको २८ बिगाहा युवा क्लवका अध्यक्ष महेश अधिकारिले जानकारी दिनुभयो । सम्झौता पश्चात २८ बिगाहा युवा क्लवले फुटबल प्रतियोगीतामा सहभागीता जनाउदा सेन्ट्रल कलेज २८ बिगाहा युवा क्लवको नाममा सहभागी हुनुपर्ने छ ।

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलाश पौडेल र २८ बिगाहा युवा क्लवका अध्यक्ष महेश अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता कार्यक्रममा सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेलले २८ बिगाहा युवा क्लवका अध्यक्ष अधिकारीलाई सेन्ट्रल कलेजको लोगो अंकित टिसर्ट प्रदान गर्नुभएको थियो । सम्झौता अवघि १ बर्षको रहेको क्लवका अध्यक्ष अघिकारीले जानकारी दिनुभयो ।

सो अवसरमा बोल्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् जिल्ला फुटबल संघका अध्यक्ष सेत बहादुर पुनले खेलाडीको प्रोत्सान र खेलको विकासका लागी दाताहरुको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । सेन्ट्रल कलेजले खेलकुदको विकासका लागि महत्वपूर्ण काम गरेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
सम्झौता कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सचिब ध्रुव खनाल, नवलपुर फुटबल संघका बरष्ठि उपाध्यक्ष मेघ राज पाण्डे लगायत क्लवका पदाधिकारी एवम् खेलाडीहरुको उपस्थिती रहेको थियो ।

सेन्ट्रल कलेजको काठमाण्डौ– ३२, पुतली सडक मुख्य कार्यालय ,मुख्य शाखा भरतपुर महानगरपालिका–३, सहिद चोक, (प्रेश मार्ग) र अन्य जिल्लामा शाखा कार्यालयहरु रहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>