देश/प्रदेश

रोल्पाका ग्रामीण सडक अझै सञ्चालनमा आउन सकेका छैनन्

Banner

रोल्पा, कात्तिक ३-
रोल्पाका ग्रामीण भेगका सडकहरु अझै सञ्चालनमा आउन सकेका छैनन् । वर्षायाम सुरु भएसँगै अवरुद्ध भएको अधिकांश सडक सञ्चालनमा आउन नसकेका हुन् । सडकको माथिबाट र मुनिबाट पहिरो खसेपछि स्थानीयवासीलाई हिँड्डुल गर्न समस्या भएको छ ।

पहिराका कारण हिँड्डुल गर्न समस्या भएको रोल्पा नगरपालिका–९ का कुलबहादुर खत्रीले बताउनुभयो । “वर्षामा आएको पानीले पूरै बाटो बिग्रेर ठप्प छ”, उहाँले भन्नुभयो । पहिरो नखसेको ठाउँमा समेत सडक चिराचिरा परेर आवजजावतमा समेत कठिनाइ भएको बताइएको छ । सडकमा पहिरो खसेकाले दसैँमनाउन घर जाँदा साह्रै सास्ती भोग्नु परेको गङ्गादेव गाउँपालिकाकी हिमाली खड्काको गुनासो छ । “धेरैजसो ठाउँमा सडक अवरुद्ध छ, सबै हिँडेर जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।

जिल्लाको सदरमुकाम लिवाङसँग सबै वडा सडक सञ्जालसँग जोडिएको भएपनि मापदण्ड विपरीत खनिएका सडकमा पहिरो खसेपछि अवरुद्ध बनेका हुन् । मापदण्ड विपरीतका सडक खन्दा वर्षायाममा बढीपहिरा जाने गरेको स्थानीयवासीको भनाइ छ । वर्षा सकिएर चाडबाडको समय सुरु भए पनि गाउँगाउँ पुग्ने सडक सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको छ । एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा ७२ वटा वडा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>