देश/प्रदेश

माछा मार्न जाँदा सम्पर्कविहीन भएका तीनको सकुसल उद्धार

Banner

कैलाली, कात्तिक ३-
कैलालीमा माछा मार्न गई सम्पर्कविहीन भएका तीन जनाको आज सकुसल उद्धार गरिएको छ ।

सोमबार दिउँसोको समयमा माछा मार्न भनि कर्णाली नदीमा गई सम्पर्कविहीन भएका लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, सोही ठाउँका विक्रम घर्ती मगर र खडक डाला मगरलाई सकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

जिल्लाको जानकी गाउँपालिका–९ र बर्दिया जिल्लाको बीचमा पर्ने कर्णाली नदीको लालमटिया टापुमा तीनै जनालाई सकुसल फेला पारी उद्धार गरिएको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>