देश/प्रदेश
बर्दियाको बाढीपीडितलाई राहत सामाग्री
०

बर्दिया, कात्तिक ३-
बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको बाढीपीडित परिवारलाई बर्दिया अक्सिजन बैंकले पहिलो चरणको राहत सामग्री वितरण गरेको छ ।
बाढीबाट विस्थापित परिवारको लागि पहिलो चरणको राहत सामग्री राजापुर नगरपालिकामार्फत २६ थान त्रिपाल, ५० कार्टुन पानी, ५० किलो दालमोट, एक क्विन्टल चिउरा र २० कार्टुन चाउचाउ वितरण गरिएको बर्दिया अक्सिजन बैंकका संयोजक भरत पौडेलले बताउनुभयो । राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रमा बाढीका कारण एक हजार बढी घर डुवानमा परेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























