क्रिकेट

टि–२० विश्वकप वार्मअपः पाकिस्तानद्धारा वेष्टइण्डिज ७ विकेटले पराजित

Banner

काठमाडौँ, कात्तिक १–

पुरुष टि–२० विश्वकप अन्तरगतको वार्मअप खेलमा पाकिस्तानले साविक विजेता वेष्टइण्डिजलाई पराजित गरेको छ । दुबईमा सोमबार भएको खेलमा पाकिस्तानले वेष्टइण्डिजलाई ७ विकेटले पराजित गरेको हो ।

वेष्टइण्डिजले दिएको १३१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २७ बल बाँकी छदै ३ विकेटको क्षतिमा पुरा गर्‍यो । उसका लागि कप्तान बाबर अजमले ५०, फकर जमनले अविजित ४६ र सोयब मलिकले अविजित १४ रन बनाए । ओपनर मोहम्मद रिजवान १३ रनमा आउट भए ।
वेष्टइण्डिजका लागि हेडन वाल्शले २ र रवि रामपालले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको वेष्टइण्डिजले ७ विकेटको क्षतिमा १३० रन बनाएको थियो । उसका लागि शिमरोन हेटमायरले २८, कप्तान किरोन पोलार्डले २३, क्रिस गेलले २०, लेन्डल सिमन्सले १८ रन बनाए ।

पाकिस्तानका लागि हरिस रौफ, हसन अली र शाहीन शाह अफ्रिदीले समान २/२ विकेट लिए भने इमाद वसीमले एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>