गण्डकी

बाजागाजासहित बोटभैरवमा कालरात्रि मनाइयो

Banner

गण्डकी, २८ असोज

पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा बुधबार राति बाजागाजा एवम् बलिपूजासहित कालरात्रि मनाइएको छ ।

प्रत्येक वर्षको आश्विन शुक्ल ९दुर्गा० पक्षको अष्टमी तिथिको मध्यरातमा कालरात्रिको विशेष पूजा गरिने प्राचीन प्रचलनलाई निरन्तरता दिँदै कालारात्रि मनाइएको कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिनुभयो ।

कालरात्रिको विशेष पूजामा मन्दिर आसपासका बरमाझथर, बरपौवा लगायतका स्थानका दर्शनार्थीको उल्लेख्य उपस्थिति थियो । प्रचलनअनुसार कोटभैरव मन्दिरमा महाअष्टमीको मध्यरातमा कालो बोकाको बलि दिने गरिन्छ । कालरात्रिको पूजामा सहभागी बनेमा मनोकाङ्क्षा पूरा हुने एवम् शारिरिक अशक्तता जस्ता विभिन्न रोगव्याधीबाट मुक्ति मिल्ने विश्वासका कारण विभिन्न स्थानबाट सर्वसाधारण कोटभैरव पुग्ने गरेका छन् ।

मन्दिरको दक्षिणपश्चिममा रहेको ढोरको डाँडामा चन्द्रमा आधा डुबेपछि कारात्रिको पूजा गर्ने प्रचलन यहाँको विशिष्टता हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>