Breaking News

मौलाकालिका मन्दिरमा भक्तजनहरुको घुइँचो, मन्दिर छिर्न घण्टौ लाइन (भिडियोेसहित)

Banner

चितवन, असोज २६ –
दसैंको माहोल सुरु भएसँगै नवलपुरको मौलाकालिका मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ ।

घटस्थापनाकै दिनदेखि मन्दिरमा चहपहल बढ्न थालेको भए पनि आज फुलपातीका दिन धेरै नै भिड देखिएको हो । अहिले मन्दिरभित्र दर्शन गर्न घण्टौ लाइन बस्नुपर्ने अवस्था छ ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले गत वर्षको अनुपातमा अहिले धेरै भिड देखिएको बताए । कोरोना महामारीको जोखिम कम हुँदै गएकाले यो वर्ष भक्तजनको चाँप अझै बढ्ने देखिएको उनको आँकलन छ ।

मास्क लगाएर मात्र मन्दिरमा आउन भनिएको बताउँदै उनले सकभर दुरी कायम गर्ने कोसिश गरिएको बताए । त्यहीअनुसार व्यवस्थापन गर्न, सुरक्षा निकाय, स्वयमसेवक सबै खटाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>