देश/प्रदेश

गम्भीर घाइतेलाई हेलिकप्टरबाट उद्दार

०
Banner

रसुवा, २६ असोज –
दक्षिणी रसुवाको ठूलोगाउँस्थित भूमेस्थान इलाका क्षेत्रमा लडेर गम्भिर घााइते भएका एक व्यक्तिको उद्दार गरी उपचारको लागि काठमाडौँ लगिएको छ ।

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ गोगने घर भई हाल रसुवा उत्तरगया गाउँपालिका–३ ठूलोगाउँमा पसल व्यवसाय गर्ने ४० वर्षका नारायणबहादुर ढुङ्गेल लडेर घाइते हुनुभएको थियो । टाउँकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा भेटेपछि उपचारको लागि कैलास एयरको हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको डाँडागाउँ प्रहरी चौकीले जनाएको छ ।

उनलाई घाँस काट्नेले भेटेपछि उद्वार गरिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>